शुक्रबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अन्नपूर्ण हिमपहिरोमा बेपत्ता सातैजनाको मृत्यु भएको आशंका, उद्धार टोली रित्तै फर्कियो

अन्नपूर्ण हिमपहिरोमा बेपत्ता सातैजनाको मृत्यु भएको आशंका, उद्धार टोली रित्तै फर्कियो

हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपाली र चार कोरियनसहित सातै जनाको मृत्यु भएको आशंका गरिएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

कास्की- अन्नपूर्ण क्षेत्रकाे हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपाली र चार कोरियन सातै जनाको मृत्यु भएको आशंका गरिएको छ।

बाक्लो हिउँ र पहिरोसँगै खसेको ढिस्कोका कारण बेपत्ता सबैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। अहिले पनि बाक्लो हिउँ र अत्यधिक चिसो भएका कारण खोजी गर्न नसकेपछि उद्धार टोली नै फर्किएको छ ।

बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार वेपत्ता भएकाहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो। कोरियन रेस्क्यू टिम गत सोमबारदेखि परिचालन भएको थियो ।

उद्धारकर्तालाई समस्या पर्ने भन्दै बिहीबार पर्यटन विभागले विज्ञप्ति निकालेर हिउँ पग्लने बेलासम्मको लागि उद्धार कार्य स्थगित गर्न आग्रह गरेको थियो ।

अन्नपूर्ण बेसक्याम्प नजिकैको पदमार्गमा गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परेर तीन नेपाली र चार कोरियन नागरिक वेपत्ता भएका थिए ।

नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ।

 

 

प्रकाशित: Jan 24, 2020| 11:39 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।