काठमाडौं - नेपाली यू-१५ महिला फुटबल टिमले भुटानको यू-१५ टिमलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा भुटानको टिमलाई नेपालले ६-१ ले पराजित गरेको हो।
नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन्। यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरिन्। भुटानकी कप्तान डिकी लाजोमले एक गोल गरिन्। बुधबार भुटानसँग नेपालले दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।