बुधबार, जेठ २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डको प्रतिवेदनमा आजबाट छलफल, यी हुन् प्रतिवेदनमा उठेका एजेन्डा

प्रचण्डको प्रतिवेदनमा आजबाट छलफल, यी हुन् प्रतिवेदनमा उठेका एजेन्डा

आइतबारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- आइतबारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आजबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने भएका हुन् । सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ ।

पार्टी कार्यालय धुम्वाराहीमा आइतबार बसेको बैठकमा अध्यक्षद्वयका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा छलफलका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध गरि पाँचवटा एजेन्डा तय गरिएको थियो । आइतबारको बैठकले पाँच वटै विषयलाई स्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

के छ राजनीतिक प्रतिवेदनमा ?

अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै गएको उल्लेख छ । गुट मौलाएकै कारण सरकारको काम प्रभावकारी हुन नसकेको समेत निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ । ‘पार्टी संस्थागत छैन । विभिन्न प्रकारका गुट झाँगिँदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तीन महिनाभित्र पार्टी एकीकरण गर्ने प्रतिबद्धता पूरा हुन नसक्दा पार्टी र सरकार सञ्चालन प्रक्रियामै समस्या उत्पन्न भएको पनि जनाइएको छ ।

११ पृष्ठ लामो प्रतिवेदनमा पार्टी एकीकरणमा देखिएको समस्या, मौलाएको गुट÷उपगुट, भारतीय पक्षबाट मिचिएको पश्चिम नेपालको सिमाना, चीनको बीआरआई र अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीतिबीचको टकराब र उपचुनाव समीक्षासहितका विषय केलाइएको छ ।

प्रतिवेदनको भूमिकामै स्थायी समिति बैठक ढिलोसम्म नबस्नु गम्भीर कमजोरी र विचलन भएको उल्लेख गरिएको छ ।

प्रकाशित: Dec 16, 2019| 02:47 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।