शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस केन्द्रीय समिति : उपनिर्वाचनको प्रतिवेदन पेश, पौडेल समूहसँग छलफल जारी

कांग्रेस केन्द्रीय समिति : उपनिर्वाचनको प्रतिवेदन पेश, पौडेल समूहसँग छलफल जारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आइतबारको केन्द्रीय समिति बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आइतबारको केन्द्रीय समिति बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको छ।

उपनिर्वाचन समितिले निर्वाचनको परिणाम, असहयोग तथा समीक्षा समेटेर प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदनमाथि सोमबारबाट छलफल हुनेछ।

यसैगरी, धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटको घटनाको छानविन गर्न र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि बैठकमा केन्द्रीय सदस्य महेन्द्र यादवले कुरा उठाएका थिए। सो, विषय सर्वसम्मपतिले पारित पनि भएको छ।

यादवका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई सहमतिमा ल्याउने प्रतिबद्धता सभापति देउवाले व्यक्त गरेका छन्।
आइतबारको बैठकमा पौडेल र सिटौला समूहका केन्द्रीय सदस्यहरु उपस्थित भएनन्।

आइतबार साँझ वा सोमबार बिहान पुनः असन्तुष्टहरुसँग छलफल गरी सोमबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने यादवले बताए।

प्रकाशित: Dec 15, 2019| 11:55 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।