सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकको सर्वेक्षण : नेपालका ९५ प्रतिशत जनता विद्युतको पहुँचमा

विश्व बैंकको सर्वेक्षण : नेपालका ९५ प्रतिशत जनता विद्युतको पहुँचमा

नेपालका ९५ प्रतिशत जनतामा विजुलीको पहुँच भएको विश्व बैंकको एक सर्वेक्षणले देखाएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं- नेपालका ९५ प्रतिशत जनतामा विजुलीको पहुँच भएको विश्व बैंकको एक सर्वेक्षणले देखाएको छ।

विहीबार ‘पावर समिट २०१९‘ को अवसरमा विश्व बैंकले सार्वजनिक गरेको सो सर्वेक्षणमा नेपालमा विजुलीको पहुँच ७२ प्रतिशत घरमा निर्वाध रुपमा रहको दावी गरिएको छ।

सो रिपोर्ट अनुसार अझैपनि ७० प्रतिशत नेपालीले आगो वा अन्य हानिकार इन्धनले खाना पकाउने गरेको र तिनीहरुले गुणस्तरयुक्त विद्युतको प्रयोग गरेका छैनन्।

नेपाल सरकारले प्रत्येक व्यक्तिको पहुँचमा गुणस्तरयुक्त उर्जा उपलब्ध गराउने लक्ष्य छ। ‘हामीले सन् २०२३ सम्ममा शत प्रतिशत जनतामा गुणस्तरीय उर्जा प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’ उर्जा सचिव दिनेश कुमार घिमिरेले भने।

विश्व बैंकको रिपोर्टमा ७१.७ प्रतिशत घरपरिवारले जलविद्युतबाट उत्पादित विजुली प्रयोग गरेका छन् भने २३ प्रतिशत जनताले वैकल्पिक उर्जा र मिनी जलविद्युतको विजुली प्रयोग गरिरहेका छन्।

‘नेपालले विद्युतको क्षेत्रमा निक्कै राम्रो प्रगति गरेको छ, नेपालको यो प्रगतिमा विश्व बैंकले साथ दिन पाएकोमा म धेरै खुसी छु,’ विश्व बैंकका नेपाल प्रमुख फारिस हाडाज जेभोर्सले भने।

प्रकाशित: Nov 22, 2019| 12:33 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्