युक्रेनमाथि रुसी हमला र प्रतिबन्धका कारण दर्जनौं अमेरिकी, युरोपियन तथा जापानिज कम्पनीहरुले रुस छाडिसकेका छन् । ज–जसले छाडेका छैनन्, ती पनि छाड्ने तयारीमा छन् ।
एक रिपोर्टका अनुसार रुस छाडने कम्पनीहरुको संख्या ६० पुगिसकेको छ । यी विभिन्न कम्पनीहरुमध्ये अमेरिकी म्याकडोनाल्ड (एमसी डोनाल्ड) पनि एक हो ।
म्याकडोनाल्डले आफूले रुसमा रहेका सबै ८४७ आउटलेट बन्द गर्ने घोषणा गरेको छ । यो घोषणापछि रुसका विभिन्न आउटलेट्सबाहिर मानिसहरुको लामो भीड लागिरहेको छ ।
यति मात्रै होइन, अहिले रुसमा प्रतिबर्गर मूल्य झन्डै ४० हजार रुपैयाँसम्म पुगेको छ ।
अहिले म्याकडोनाल्डको चर्चित परिकार बर्गर किनेर आफ्ना फ्रिजमा स्टक राख्न थालेका छन् । कतिले खान भनेर यसो गरेका छन् भने कतिले मौकाको फाइदा उठाउँदै पछि महँगोमा बेच्न सकियोस् भनी यसो गरिरहेका छन् ।
रुसी वेब साइट अभिटोमा अहिले म्याकडोनाल्डसहित अन्य आइटहरुको सेल सुरु भइसकेको छ । उक्त साइटमा सबभन्दा बढी बिक्ने भनेकै म्याकडोनाल्डको बर्गर र कम्बो ब्रेकपाmस्ट रहेको छ । एउटा ठूलो बर्गरको मूल्य बढेर अहिले ४ हजार रुबल अर्थात् झन्डै ४ हजार रुपैयाँ पुगेको छ ।
कहिले फर्किएला फेरि ?
म्याकडोनाल्डका अनुसार रुसमा आफ्ना आउटलेटहरु कहिलेदेखि खोलने भन्नेबारे कुनै निश्चित छैन ।
रुसभरिका आउटलेटमा ६२ हजार कर्मचारीले काम गर्छन् । यद्यपि अपरेसन बन्द भए पनि आफ्ना कर्मचारीलाई तलब दिन नरोक्ने कम्पनीले बताएको छ ।
म्याकडोनाल्डबाहेक रुसबाट भोल्कस्वागन, एप्पल, आईकेईए, माइक्रोसफ्ट, आईबीएम, सेल, केएफसी, पोर्से, टोयोटा, एच एन्ड एमजस्ता कम्पनीहरू बाहिरिइसकेका छन् ।