बुधबार, जेठ १५, २०८२

मकवानपुरमा टाटासुमो दुर्घटना, ३ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो शुक्रबार भीमफेदी ६ मा दुर्घटनामा परेको हो। दुर्घटनामा परि ८ जना घाइते भएका छन्।

दुर्घटनामा परेको जिप सडकबाट तल खसेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रामेछापको रजन गाउँकी १० महिनाकी बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थानका वीरसिंह वाइबा र सर्लाहीका महेन्द्र सहनी रहेका छन्।

घाइते आठ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुलिनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।