शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देउवाको उद्घोष, ‘अन्तरघातीलाई कारबाही हुन्छ, कसैले रोक्दैन’

देउवाको उद्घोष, ‘अन्तरघातीलाई कारबाही हुन्छ, कसैले रोक्दैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही गरिने बताएका छन्।

भक्तपुरमा आयोजित प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कसैले पनि बचाउन नसक्ने दाबी गरेका हुन् ।

‘अन्तरघातीलाई अब कारबाही हुन्छ। कस्ले रोक्दो रहेछ अब म पनि हेर्छु’ सभापति देउवाले भने,‘पार्टी हिजो किन हार्यो। के पार्टीभित्र साँचिकै एकता छ त? अब एकताको विकल्प छैन।’

अब हुने चुनावमा जसरी पनि जित्नै पर्ने देउवाले बताए। 

देउवाले भने, ‘भक्तपुरको प्रदेश सभाको चुनाव कुनै पनि हालतमा जित्नु पर्छ। यो ऐतिहासिक ठाउँ हो। यहाँ जितेर इतिहास बनाउनु पर्छ। पार्टीले जसलाई टिकट दिए पनि सबैले जिताउनु पर्छ। अन्तरघात गर्नेलाई कारबाही हुन्छ।’

कम्युनिष्ट सरकारले अधिनायकवादी शैली देखाएको आरोप लगाउँदै देउवाले त्यसविरुद्ध पनि लड्नु पर्ने बताए।

कम्युनिष्ट सरकारले सेना–प्रहरीमाथि पनि नियन्त्रण गर्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।