टीकापुर– टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्।
खासगरी त्यो घटनापछि थारू र पहाडी समुदायबीच दूरी बढेको हल्ला निकै फैलियो। तर, यसबीचमा दुई समुदायबीच कुनै झैझगडा भएको पाइएन। यसले पनि दुवै समुदाय मिलेर बस्न चाहेको प्रस्ट हुन्छ।
सो घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको स्मृतिमा स्थापना भएको टेकबहादुर साउद स्मृति केन्द्रले शुक्रबार चौथो साधारणसभा सम्पन्न गरेको छ।
साधारणसभामा दुवै समुदायका वक्ताहरूले मिलेर जानुको विकल्प नभएकोमा जोड दिए। उनीहरूले मिलेर मात्रै टीकापुरको नाममा लागेको कलंकको टीकालाई पखाल्न सकिने स्पष्ट पारेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४