धनगढी- महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-६, दुदलिङ गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहान पौने ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ।
पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन बिच बाटोमै रोकिएका छन् भने गन्तब्यमा पुग्नुपर्ने यात्रु अलपत्र परेका छन्।