बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पानी नपरेपछि जसले चार वर्षदेखि किराफट्यांग्रा खाइरहेका छन्

पानी नपरेपछि जसले चार वर्षदेखि किराफट्यांग्रा खाइरहेका छन्

‘म यी किरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन’, चार सन्तान भएकी एक महिला टामारियाले भनिन्।
 |  शुक्रबार, भदौ ११, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– अफ्रिकी मुलुक म्याडग्यास्करको दक्षिणी भेगमा चार वर्षदेखि पानी नपर्दा भोकमरी फैलिएको छ। सुख्खा भएका कारण खेतीपाती गर्ने नपाएपछि अन्नबाली उब्जाउ हुन छाडेको छ। यसबाट मानिसहरू नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि किराफट्यांग्रा खान बाध्य भएका छन्।

संयुक्त राष्ट्रसंघले पनि जलवायु परिवर्तनका कारण म्याडग्यास्कर संसारकै पहिलो भोकमरीको सँघारमा पुगेको जनाएको छ। राष्ट्रसंघका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौं मानिस भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्।

‘म यी किरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन’, चार सन्तान भएकी एक महिला टामारियाले भनिन्।

यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। ‘यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो’, राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी सेली ठकरालले भनिन्।

अहिले ३० हजार मानिसले पाँचौं तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसंघको आकलन छ। खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको संख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ।

‘म यी किरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन’, चार सन्तान भएकी एक महिला टामारियाले भनिन्। उनका बच्चा र उनले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छन्। उनले भनिन्, ‘खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौं।’ 


प्रकाशित: Aug 27, 2021| 21:59 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।