बिहीबार, जेठ १६, २०८२

घूस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । 

काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट टोली खटिएको प्रमुख शिव कार्कीले जानकारी दिए । 

उनले घटनाको पूर्ण विबरण भने खुलाउन चाहेनन् । ‘सूचना यही हो । टोली छानविनका क्रममा छ,’ उनले भने,‘ छानविनपछि मात्रै पुरा खबर भन्न सकिन्छ ।’

स्रोतका अनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले तीनलाख भन्दा बढी नगद सहित सहायक बन अधिकृत डिसीलाई समातेको हो । उनीसंगै रहेका जोरायल गाउँपालिका–१ का किरण मल्लले सो रकम आफ्नो भएको दाबी गरिरहेका छन् ।

 ‘उहाँ (सहायक वन अधिकृत डिसी)लाई फसाउन यस्तो गरिएको हो,’ मल्लले भने, ‘त्यो रकम मेरो हो । कसैले उहाँलाई दिएको होईन् ।’

सहायक वन अधिकृत डिसी पटक पटक घूस लिएको भनेर बिबादमा आउने गरेका थिए । बिगतमा भएका वन फडानीका मुद्दामा पनि लेन देन गरेको आरोप उनीमाथि लागेको थियो । उपभोक्तासंग काम गरिदिएबाफत रकम असुल्ने गरेको सूचना पटकपटक आउने गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।