मंगलबार, जेठ ७, २०८२

जग्गा हदबन्दी लगाउन माग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विशेषज्ञहरुले जग्गाको हदबन्दी गर्न माग गरेका छन्। संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उपस्थित विशेषज्ञहरुले जग्गाको हदबन्दी गर्न माग गरेका हुन्। गुठी सम्बन्धी विधेयकको विरोध भइरहँदा जग्गामा हदबन्दी लगाउनुपर्ने माग उठेको हो।

उच्च स्तरीय भूमि सुधार आयोगका पूर्वअध्यक्ष केशव बडालले जग्गामाथि हदबन्दी लगाएर १५ कठ्ठा कायम गर्नुपर्ने बताए। उनले पाँच कठ्ठाभन्दा कम जग्गा भएकाहरुलाई चलाउन नमिल्ने भन्दै १५ कठ्ठाभन्दा बढी जग्गा भएकाहरुको जग्गा राज्यले लिनुपर्ने बताए।

भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्ने बताउँदै बडालले भने, ‘घर बनाउन मात्र होइन भूमिहीनलाई जीविकोपार्जन गर्नसमेत जग्गा उपलब्ध गराउनुपर्छ।’

गुठी विधेयकपछि अहिले सरकारले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमिसम्बनधी ऐन संशोधन गर्न विधेयक ल्याएको छ। उक्त विधेयकमाथि विशेषज्ञयहरुसँग छलफल भइरहेको छ। छलफलकै क्रममा नेकपाकी सांसद राधा ज्ञवालीले मधेसको अधिकांश जग्गाको मालिक भारतीय भएको दाबी गरेकी छिन्। 

‘अहिले पनि तराईको अधिकांश जग्गाको मालिक भारतीय चौधरीहरु छन्। उनीहरु अहिले पनि बाहिर छन्। उनीहरुसँग नेपाली नागरिकता छैन। ती अनागरिकलाई नेपाली भूमिको मालिक राख्न मिल्छ कि मिल्दैन?’ उनले प्रश्न गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।