धनगढी- महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी महाकालीमा बेपत्ता भएका हुन्।
पछिल्लो समय ‘भाइरल रोड’ ले परिचित जिल्लाको भीमदत्त नगरपालिका–१२ मा निर्माणाधीन चार लेन पक्की पुल नजिकैबाट बगेर जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
‘मंगलबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी नायव उपरीक्षक न्यौपानेले भने, ‘उनको खोजी कार्य भइरहेको छ।
पछिल्लो समय सो सडकमा टिकटक, भिडियो र फोटो खिच्न जिल्ला बाहिरी जिल्लाका पर्यटकको समेत भीड लाग्ने गरेको छ।