शुक्रबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • श्रीमती राष्ट्रपति हुँदा पनि मदन भण्डारीले पाएनन् न्याय

श्रीमती राष्ट्रपति हुँदा पनि मदन भण्डारीले पाएनन् न्याय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । 

यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक-पटक सरकारमा पुग्यो । तर अहिलेसम्म दुर्घटनाको रहस्य पत्ता लगाउन चासाे नै दिएकाे छैन् । 

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । तर हत्याराको खोजीमा चासो समेत दिन छाडिएको छ । 

अहिले तिनै भण्डारीकी श्रीमति विद्यादेवी भण्डारी देशकै सर्वोच्च पदमा आसिन छिन् । तीन वर्षदेखि निरन्तर राष्ट्रपति पदमा रहिराखेकी पत्नी भण्डारीले पतिको रहस्यम हत्याको खाेजतलास गर्न सक्रियता देखाएकी छैनन् । यो घटना कसले किन गरायो भन्ने विषयमा पछिल्लो समय ध्यान नै दिइएको छैन ।

जेठ ३ गते सबैले शालिकमा माला लगाउने, मुठ्ठी कसेर अभिवादन गर्ने र 'उहाँ महान हुनुन्थ्यो' भन्ने भन्दा कसैले केहि गरेको छैन । अहिले उनै भण्डारी महासचिव रहेको पार्टीले दुई तिहाइ मतसहितको शक्तिशाली सरकार चलाई राखेको छ । तर, यतिको शक्तिशाली सरकारले समेत यो घटनाका बारेमा अनुसन्धान गर्न समेत नखोज्नुलाई भने आम नागरिकले रहस्यमय रुपमा लिएका छन् । 

'भएका नभएका कानुन ल्याएर नागरिकका अधिकार खुम्च्याउन खोज्ने सरकारले मदन-आश्रीतका हत्यारा पत्ता लगाउन किन सक्दैन ? किन चासो दिएको छैन । जसको मार्गदर्शनमा पार्टी चलेको छ उसैको हत्यारा पत्ता लगाउन किन आवाश्यक ठानिएको छैन् ? यो प्रश्नले हामीलाई घोचिरहने छ ।' नेकपाका एक कार्यकर्ताले भने । 

'आजकै दिन पारेर पूर्व एमाले र माओवादीले कुम मिलाए । पार्टी एक गराए । तर, जसको सम्झनामा विभिन्न कार्यक्रम र अनेकन भाषण गरिन्छ उसैको हत्यारा पत्ता लगाउन किन चासो दिइएको छैन ?' कार्यकर्ताहरुको प्रश्न छ । 

घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको  हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुङ्गा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।