आइतबार, जेठ ५, २०८२

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमणबाट थापाको निधन भएको हो।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमणबाट थापाको निधन भएको हो।

पाटन अस्पतालमा लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४:४० बजे निधन भएको सामाजिक सञ्जालमार्फत हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छिधुर्वेले जानकारी दिएका छन्।

एक महिनाअघि कोरोना संक्रमण भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो। उनको ६४ वर्षको उमेरमा निधन भएको हो। 

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। थापाकी श्रीमती, एक छोरो र एक छोरी छन्।

प्रकाशित: Aug 21, 2021| 08:33 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्