शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस जिल्ला सभापतिको अल्टिमेटम : निर्णय नसच्चिए विशेष महाधिवेशन

कांग्रेस जिल्ला सभापतिको अल्टिमेटम : निर्णय नसच्चिए विशेष महाधिवेशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले नेतृत्वलाई महासमितिले पारित गरेको निर्णयअनुसार आफ्नो निर्णय सच्याउन अल्टिमेटम दिएको छ।  दुई दिनसम्म काठमाडौंमा बसेको ५४ जिल्लाका सभापतिहरुको भेलामा महासमिति बैठकले प्रस्ताव गरेका निर्णय केन्द्रीय समितिको बैठकले उल्ट्याएको भन्दै आक्रोस पोखेका थिए।

कांग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको थियो। महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो। 

भेलाले आगामी २३ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट आफूहरुका माग पुरा नभए तल्लो तहमा पुगेर हस्ताक्षर संकल अभियान चलाउने निर्णय गरेको छ। २३ गतेको बैठकबाट निर्णय पुनर्विचार नगरे ७७ वटै जिल्लामा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर फेरि पुर्नर्विचारका लागि दवाव दिने र त्यति गर्दा पनि माग सुनुवाई नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन सुरु गर्ने भेलाको निस्कर्ष छ।

भेलाले पार्टीको १४ औं महाधिवेशन समयमै गर्न अग्रह गर्दै कार्यतालिका सार्वजनिक गर्न समेत माग गरेका छ। संघीयताअनुसार कमिटी गठन गर्न र भातृ संगठनका महाधिवेशन समयमै गर्न जिल्ला सभापतिहरुको आग्रह छ।

भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत र उद्दारमा जुट्न आग्रह ७७ वटै जिल्लालाई आग्रह गर्दै सम्बन्धित जिल्लाका सभापति मार्फत पीडितहरुलाई राहत उपलब्ध गराउने निर्णय भएको छ।

यद्यपि संस्थापन पक्षका जिल्ला सभापति भने भेलामा उपस्थित थिएन। उक्त भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले भने कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।