बुधबार, जेठ १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कार्यकर्तालाई उद्धार र राहतमा जुट्न कांग्रेसको निर्देशन

कार्यकर्तालाई उद्धार र राहतमा जुट्न कांग्रेसको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई बारा र पर्सा लगायत तराईका जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहात कार्यमा जुट्न आग्रह गरेको छ।  आइतबार बेलुका आएको विनासकारी हावाहुरीका कारण देशले अकल्पनीय क्षति ब्यहोर्नुपरेको बताउँदै कांग्रेसले घटनाप्रति दुःख ब्यक्त गरेको छ।

कांग्रेसले घाइतेको उपचारमा तदारुपता देखाउन पनि सरकारसँग आग्रह गरेको छ। विज्ञप्ति जारी गर्दै काग्रेसले भनेको छ, 'तत्काल घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा सरकारले तिव्रता दिनुका साथै बिस्थापित परिवारको चाडो भन्दा चाडो पुर्नस्थापनाको ब्यवस्था गरोस्।'

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको ज्यान गइसकेको छ। पाँच सय भन्दा बढी घाइते छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।