शुक्रबार, जेठ ३, २०८२

जनकपुरमा पहिलो पटक खाद्य मेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जनकपुरमा पहिलो पटक खाद्य मेला लाग्ने भएको छ। संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा तीन दिने खाद्य मेलाको आयोजना हुन लागेको हो।

‘परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ नाराका साथ चैत २२ गते देखि २४ गतेसम्म खाद्य मेला लाग्ने कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद मण्डलले जानकारी दिएका छन्। उनले अन्य प्रदेशहरुमा यस्तो मेलाको आयोजना भइसकेपनि प्रदेश २ मा पहिलो पटक लाग्न लागेको बताए।

मण्डलले अल्प प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै खाद्य उद्यमीहरुलाई बजारसँग सम्बन्ध स्थापित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताएका छन्।

खाद्य मेलामा आधुनिक नभइ हिमाल, पहाड र तराइका परम्परागत खानेकुराहरु प्रदर्शनीमा रहने मण्डलको भनाइ छ। मण्डलका अनुसार मेलामा ७७ जिल्लाका खाद्य उद्यमी तथा होटल व्यवसायीहरु सहभागी हुनेछन्।

जनकपुरको तिरहुतिया गाछीमा लाग्ने खाद्य मेलाको सबै तयारी पुरा भइसकेको जानकारी दिँदै निःशुल्क प्रवेश र निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

मेलामा स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुके विविधिकरण तथा पौष्टिक महत्व, विभित्र जातजातिसँग सम्बन्धित परम्परागत पोषिलो खाद्य पदार्थ, आफ्नो संस्कृति झल्काउने खानपानसहितका होमस्टे, होटल, खाद्य व्यवसायी लगायतको प्रदर्शनी लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मण्डलले बताए। मेलामा होटल व्यवसायीसहित कूल ५० वटा स्टल रहने मेलामा ईलान इभेन्ट म्यानेजमेन्टले विभित्र स्थानीय कालाकारहरुको सहयोगले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।