काठमाडाैं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले लगानी सम्मेलनमा १७ खर्बको लगानी प्रस्ताव आएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको कान्तिपुर दैनिकले १७ खर्बको प्रस्ताव शीर्षकमा मुख्य समाचार छापेको छ भने १७ परियोजनामा विदेशी इच्छुक शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। अन्नपूर्ण पोस्ट्ले भने १५ आयोजनामा समझदारी शीर्षकमा खबर छापेको छ । नयाँ पत्रिकाले १२ अर्ब लगानीको प्रारम्भिक आवेदन शीर्षकमा खबर लेखेको छ ।
लगानीका विषयमा कान्तिपुरले स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेको समाचारमा लेखेको छ भने नयाँ पत्रिकाले विदेशी लगानीकर्ताले १७ परियोजनामा करिब १२ खर्ब १५ अर्ब बराबरको लगानी गर्ने इच्छा देखाएको समाचारमा उल्लेख छ। नागरिक दैनिकले भने परियोजनको नाम, कुल लागत, इच्छुक लगानीकर्ता बारे विवरण सार्वजनिक नभएको लेखेको छ ।
सरकारले साढे ३० खर्बका ५० अर्बका ७७ आयोजनामा लगानीका गर्न आह्वान गरेपनि जम्मा १७ परियोजनामा १७ खर्बको लगानी गर्न लगनीकर्ताहरुले आवदेन दिएका छन् । १५ वटा कम्पनीसँग सरकारले समझदारी समेत गरेको छ । तर, कतिपय लगानीकर्ता कानुनी अड्चन र सुरक्षाका कारण अलमलमा परेको आजका पत्रपत्रिकाले लेखेका छन् ।
यो विषय बाहेक आजको कान्तिपुरले तारागाउँमा रिजेन्सीमा नक्कली कारोबार भएको विषयलाई प्राथमिकताका साथ छापेको छ । मर्मत सम्भारलगायत विभिन्न शीर्षकमा शंकास्पद कारोबार भएको, आफै कम्पनी खडा गरी बजार दरभन्दा चर्को भुक्तानी लिएको, जग्गाको भाउभन्दा माटो सम्याउन बढि खर्च भएको देखाउँदै शंकास्पद कारोबार गरेको समाचारमा उल्लेख छ ।
नागरिकले भने स्थानीय तहमा मौलाएको बेथितिलाई प्राथमिकताका साथ छापेको छ । सवारी साधनमै बजेट स्वाहा बनाएका छन् भने एकै खालका गाडीको मूल्य फरक फरक भेटिएको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले छिमेकी फकाउँदै चीन शीर्षकमा अर्को खबर लेखेको छ भने नयाँ पत्रिकाले पोखरा विश्वविद्यालयको अस्पष्ट सूचनाले ३९१ विद्यार्थीको भविष्य अन्योलमा परेको र कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुगेको विषयलाई महत्वका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४