वीरगंज – लागूऔषध चरेश सहित प्रहरीले शनिबार बिहान एकजना भारतीय यूवकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले वीरगंज उपमहानगरपालिका वडा नम्बर १५ बसपार्कस्थित सडक खण्डमा पैदल यात्रुको खानतलासी गर्ने क्रममा भारत कोलकात्ता सिविरपुर वडा– २७ निवासी ३० वर्षीय सहनवाद अब्दुललाई २४ किलो लागूऔषध चरेश सहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए।
केही समय यता भारतको पश्चिम बङ्गालको प्रादेशिक राजधानी कोलकाताका मजदुर यूवा लागूऔषधको तस्करीमा संलग्न रहेको अवस्थामा पक्राउ पर्न थालेका छन्।
एक महिना अघि समेत प्रहरीले दुईजना बंगाली यूवकलाई वीरगंज नाकाबाट भारततर्फ लागूऔषध चरेश लैजाँदै गरेको अवस्थामा बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार नेपालमा मजदुरीको लागी आउने बंगाली यूवा छोटो समयमा धेरै रकम कमाउने लोभमा स्वदेश फर्किने समयमा लागू औषध ओसार्न थालेको पाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४