शुक्रबार, जेठ ३, २०८२

भरुवा बन्दुकसहित एक जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - भरुवा बन्दुकसहित सुर्खेतमा एक जना प्रक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–२ खोलीगाउँका मायाराम पाण्डे पक्राउ परेका हुन्। पाण्डेको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामत गरेको हो। पाण्डेले घरमा बन्दुक राखेको विशेष सूचनाको आधारमा प्रहरीले घरमा खानतलासी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख वशन्त रजौरेका अनुसार खाटक मुनि सलले बेरेर लुकाईछिपाई राखेको अवस्थामा बन्दुक फेला परेको हो। बरामत गरिएको बन्दुक १ मिटर १९ सेमी लम्बाई रहेको प्रहरीले जनाएको छ। बन्दुकसहित पाण्डेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सरकारले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले अबैध रुपमा राखिएका हातहतियारको खानतलासी तिब्र पारेको छ। गाउँमा राखिएका साना हतियारनै सुरक्षाको मुख्य चुनौती रहेको भन्दै प्रहरीले सार्वजनिक सूचना जारी गरेर हतियार बुझाउन अनुरोध गरेको छ। प्रहरीले लाइसेन्स लिएर राखिएका हतियारसमेत नविकरण गरेर तत्काल प्रहरीलाई बुझाउन आव्हान गर्दै आएको छ। घरमा राखिएका हतियार स–सम्मान बुझाए स्वागत गर्ने तर अटेर गर्नेबिरुद्ध कारबाही थाल्ने प्रहरीको भनाई छ। सुर्खेतमा झण्डै दर्जनबढीले हातहतियार राख्नका लागि लाइसेन्स लिएका छन्। तर, कतिपयले भने नविकरण नै नगरेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।