भैरहवा – सशस्त्र प्रहरीले औद्योगिक सुरक्षामा प्रतिवद्ध रहने बताएको छ।
रुपन्देहीका उद्योगी व्यवसायीबीच बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्योग र उद्योग व्यवसायीकको सुरक्षामा सधैं प्रतिवद्ध रहेको बताएका हुन्। गौतमले हरेक समस्या समाधान गर्न सशस्त्र प्रहरी सदैव कटिबद्ध भएर लाग्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बसन्त बोगटी र सशस्त्र प्रहरी राजस्व गस्ती रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीले जिल्लाको अवस्थाको बारेमा प्रस्टाएका थिए।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष अरुण कुमार गोयन्का, संघका निवर्तमान अध्यक्ष रामकुमार शर्मा, उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४