शुक्रबार, जेठ ३, २०८२

आजका अखबार : चन्दा माग्दै धम्क्याउँदै विप्लव समुह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्रीले संसदमा विप्लव समुहविरुद्ध आक्रामक अभिब्यक्ति दिएको र विप्लव समुह चन्दा उठाउन सक्रिय बनेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

कान्तिपुर दैनिकले नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग मोटो रकम माग गर्दै विप्लव समुहले पत्र थमाउन थालेको विषयलाई मुख्य समाचार बनाएको छ ।

उसले रकम बुझाउनु पर्ने मिति नै तोकेर पाँचलाखलेखि ५० लाखसम्म रकम माग गरेको समाचारमा जनाइएको छ । बुलिङटार गाउँपालिकालाई चैत १४ भित्र साढे १० लाख बुझाउन विप्लव समुहले उर्दी जारी गरेको छ । चन्दा नदिए जे पनि हुनसक्ने भन्दै विप्लव समुहले धम्कीसमेत दिएको कर्मचारीहरुले बताएका छन्।
 
यता सरकारले भने आर्थिक साहायता गरे कारबाही गर्ने चेतावनी दिएको छ । चन्दलाई आथिक तथा भौतिक सहयोग नगर्न अपिल गर्दै केन्द्र सरकारले विध्वंसात्मक गतिविधि गर्नेलाई सहयोग गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको कान्तिपुरले लेखेको छ । गृहमन्त्रालयले विप्लव समुहको धाक धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको  छ।     

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारसँग ब्याक गियर छैन भन्दै विप्लव समुहविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

संसद्मा विशेष सम्बोधन गर्दै उनले चन्दाका नाममा लुटपाट नगर्न धेरैपटक आग्रह गर्दा पनि नमाने पछि सरकार नियन्त्रण गर्न लागेको बताएका थिए । यसै खबरलाई अन्नपूर्णले मुख्य समाचारका रुपमा छापेको छ भने कान्तिपुर र नयाँ पत्रिकाले पनि महत्वका साथ छापेका छन् । 

आजको अन्नपूर्णले प्रधानमन्त्रीको सम्बोधन र विप्लवविरुद्ध सरकार झन कठोर बनेको विषय बाहे लगानी सम्मेलनमा ३१ खर्बको परियोजना आउन लागेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

आगामी शुक्रबार र शनिबार हुन लागेको सम्मेलनमा ४० देशबाट ६ सय ५० विदेशी लगानीकर्ता सहभागी हुने भएका छन् । यस्तै सरकारले लगानी सम्मेलनमा सार्वजनिक निजी साझेदारीका ५० र निजी क्षेत्रका २३ परियोजनामा लगानीका लागि आवह्वान गर्ने भएको समाचारमा उल्लेख छ । 

दुर्लभ मानिएको एक सिंगे गैडा चालु आर्थिक वर्षको ९ महिनामा चितवनमा मात्रै ४१ मरेको विषयलाई पनि अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा छापेको छ । नागरिक दैनिकले पनि यो विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।

आजको नागरिक दैनिकले मुख्य समाचारको रुपमा भने विद्रोहको मुडमा छैन रोल्पा शीर्षकको खबरलाई छापेको छ ।

यस्तै मनगढन्ते उजुरीले अख्तियारलाई सकस परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । अख्तियारले उजुरी परेका मध्ये ३ प्रतिशतको मात्रै विस्तृत छानविन गर्दै आएको समाचारमा उल्लेख छ । 

वैदेशिक लगानीमा नेपाल १४५ औं स्थानमा शीर्षकमा मुख्य समाचार छापेको आजको नयाँ पत्रिकाले भने हालसम्म मुलुकमा आएको वैदेशिक लगानीको अवस्था बारे खबर लेखेको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।