शुक्रबार, जेठ ३, २०८२

धनगढी-साफेबगर हवाईसेवा सुरु   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- धनगढी र अछामको साफेवगर पहिलो पटक हवाई सेवामा जोडिएको छ । साफेबगर बिमानस्थल कालोपत्रे भए पछि शुक्रबारबाट हवाई सेवा जोडिएको हो । 

समिट एयरद्धारा पहिलो पटक धनगढीदेखी साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्ज देखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले शुक्रबारबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो । 

नियमति उडान भएसंगै यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ । पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ । यात्रुहरुको चाँप हेरेर आगामी दिनमा हप्तामा ४ दिन सम्म उडान भर्न सकिने समिट एयरका प्रतिनिधि दिपक दुवालले जानकारी दिए ।  

धनगढी देखी साँफेबगरसम्मका लागि तीन हजार तीन सय ५० रुपैया भाडादर कायम  गरिएको दुवालले बताए । यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफेबगरका लागि नियमित उडान भर्दै आईरहेको छ । नेपाल एयरलाईन्सले हप्तामा दुई दिन आईतबार र बिहिबार उडान गर्दै आईरहेको हो  । 

धनगढी साफेबगर नियमित हवाईसेवा सुरु भएपछि अछामलगायत छिमेकी बाजुरा सम्मका यात्रुलाई आवतजावतमा सजिलो हुनेछ । धनगढी साफेवगरको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ । धनगढीबाट प्रदेश ७ का पहाडी जिल्लामा हवाई सेवा सुरु भएको अछाम नै पहिलो जिल्ला हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।