काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बराबरी खेलेका छन् । बिहिबार राती भएको खेलमा नेपालले कुवेतसँग गोल रहित बराबरी खेलेको हो ।
कुवेतको घरेलु मैदान अल साहबबमा भएको खेलमा घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो । तर, घरेलु टोलीले खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सहि सदुपयो गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले प्रहार गरेको पेनाल्टी आकासिएको थियो ।
डेब्यु खेलाडी अजित भण्डारीले विपक्षी खेलाडीलाई डिबक्सभित्र फाउल गरेपछि कुवेतले पेनाल्टी अवसर पाएको थियो । यस्तै कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे ।

कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरिरहे । कुवेतविरुद्ध मुख्य प्रशिक्षक योहान कालिनले अजितसंगै बिमल राना, सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानलाई नेपाली राष्ट्रि टोलीमा डेब्यु गराएका थिए । कुवेतसँगको बराबरीसंगै मुख्य प्रशिक्षक कालिनको डेब्यु खेल सुखद नै बनेको छ ।
योसँगै नेपालले १९ बर्षपछि कुवेतसँग बराबरी खेल्न सफल भएको छ । यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसँग ५-० ले पराजित भएको थियो । दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४