शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इपीएस परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने

इपीएस परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएको छ। २०७५ साल चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरमार्फत शुल्क बुझाउन सकिने जनाइएको हो।

एजेन्टबाहेक स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले समेत ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इपीएस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सकिने आइएमई डिजिटल सोलुसन लिमिटेडले जानकारी दिएको छ। कम्पनीको अनुसार ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन्। परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्ने बताइएको छ।।

परीक्षा शूल्कको रुपमा चौबिस अमेरिकन डलर दस्तुर लाग्नेछ। उक्त मूल्य सोही दिनका लागि निर्धारण गरेको विनिमय दरको आधारमा हुनेछ।  परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको नीजको मोबाइल नम्बरमा एसएमएसमार्फत भौचर नम्बर उपलब्ध गराइने र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने समयमा प्रयोग गर्न सकिने जनाइएको।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्