काठमाडौं- सातौं राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट्स काठमाडौंमा सम्पन्न भएको छ । गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा एन्जल स्पोर्टस् एकेडिमीमा एक दिने राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको हो ।
निप्पोन कराते डो’का संस्थापक जापानिज गुरु सेइकी तेत्सुओलेको आतिथ्यमा सुरु भएको प्रतियमेगिताको समापन संघका मुख्य प्रशिक्षक रण बहादुर बोगटीले गरेका थिए । देश भरीका १ सय २० जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा खेलाडीले विभिन्न १५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

हेवी वेटतर्फ झलक केसीले स्वार्ण जित्दा मानधोज राईले रजत र टिका बहादुर राईले कास्य दपक हात पारे । त्यस्तै पुरुष खुल्ला तौल समूहमा विप्लव श्रेष्ठ प्रथम, जीवन लोहार दोस्रो र विकेश राज श्रेष्ठ तेस्रो भए भने महिला खुल्ला तौल समूहमा रबिना घर्तीमगर पहिलो, अन्जु विक दोस्रो र हसन्ती विक तेस्रो भए ।
६१ देखी ६५ केजी तौल समूहमा प्रकाह छन्त्याल पहिलो, युप्रसाद थापा दोस्रो र चोपबहादुर छन्त्याल तेस्रो बने । ५६ देखी ६० केजी तोल समूहमा गणेश बहादुर खड्का पहिलो, रोशन बोगटी दोस्रो र दल बहादुर छन्तयाल तेस्रो भए । ५१ खेदी ५५ केजी तौल समूहमा सागर थापा पहिलो, गंगा बहादुर छन्त्याल दोस्रो र देवेन्द्र रावल तेस्रो बने ।
त्यस्तै पुरुष ४६ देखी ५० केजी तौल समूहमा संजय केसी पहिलो, सुरज थापा मगर दोस्रो र रिदेस थापा तेस्रो भए । सोही तौल समूहको महिलातर्फ सुमिना तामाङ पहिलो पार्वती गुरुङ दोस्रो र सुबिना कर्माचार्य तेस्रो भए । पुरुषको ३६ देखी ४० केजी तौल समूहमा बादल तामाङ पहिलो, सुमन तामाङ दोस्रो र सलोन तामाङ तेस्रो भए ।

सोहि विधातर्फ महिलामा पवित्रा पहिलो, सरस्वती श्रेष्ठ दोस्रो भए । ३१ देखी ३५ केजी तौल समूहमा साजन तामाङ पहिलो, माधव राई दोस्रो र क्रिजल थापा तेस्रो बने । सोहि मूहको महिलातर्फ कामना राई पहिलो, सुजिना तामाङ दोस्रो र सफलता रानामगर तेस्रो बने ।
२६ देखी ३० केजी तौल समूहमा सक्ष्म श्रेष्ठ पहिलो, आदित्य सुनुवार दोस्रो र प्रेम गुरुङ तेस्रो बने । महिलातर्फ रबिना कर्माचार्य पहिलो, अनिशा आचार्य दोस्रो र जेनिशा आचार्य तेस्रो भए ।
२० देखी २५ केजी तौल समूहमा जोनसन राई पहलो, दिप राई दोस्रो र रिदम श्रेष्ठ तेस्रो भए । प्रतियोगिताको प्रमुख अतिथि निवर्तमान रक्षमन्त्री तथा सांसद भीमसेनदास प्रधान रहेका थिए ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४