शुक्रबार, जेठ ३, २०८२

प्रधानमन्‍त्री ओली भन्छन्- विप्लव समूह कोब्राजस्तै  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह पार्टीका रुपमा कतै दर्ता नभएकाले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘प्रतिबन्ध किन लगाइएको भन्दा उनको पार्टी कहीं दर्ता भएको थियो र ? उनको पार्टी कतै द र्ता भएको छैन ।’

विप्लव कुनै पार्टी नभएर झुन्ड भएको बताए । ओलीले भने, ‘कोब्रा समूह जस्तै विप्लब समूह पनि यस्तै आपराधिक झुन्ड हो । उनले विप्लव समूहलाई चेतावनी दिँदै भने, ‘सरकारले कुनै ठट्टा गरिहेको छैन ।’

संविधानविपरीत, विध्वंस र लुटपाटका क्रियाकलाप गर्न कसैलाई छुट नभएको प्रधानमन्त्रीले बताइ । उनले भने, ‘कसैले रुवाबासी गरे पनि सरकारले निषेध मात्रै हैन नियन्त्रण पनि गर्छ ।’

प्रधानमन्त्री मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । उनी सोमबार बर्जु गाँउपालिका ६ मा आयोजना हुने पार्टीको सभामा सहभागी हुने कार्यक्रम छ । यस्तै विराटनगरमा नेकपा प्रदेश कमिटीलाई शपथ गराउने कार्यक्रममा पनि ओली सहभागी हुने नकपा नेत्री भगवती चौधरीले बताइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।