शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको छ। राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले चैत १५ गतेबाट सुरु हुने गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। 

पहिलो चरणको आन्दोलन अन्तर्गत वैशाखमा ८ दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रहसँग गर्ने, १६ गतेसम्म प्रचार प्रसार, १७ देखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन  र २५ गते जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्ना गर्ने र्काक्रम तय भएका छन्। 

चैत २८ मा स्थानीय तहको केन्द्रमा एक घन्टा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घन्टा सत्याग्रहको कार्यक्रम राखिएको राप्रपाले जनाएको छ।

राप्रपा बैठकले दोस्रो चरणको संघर्ष जिल्ला सदरमुकाम तथा अन्तिम चरणमा राजधानी केन्द्रित गर्ने निर्णय गरेको छ।  बैठकमा समसामयिक राजनीति, राष्ट्रिय स्वाभिमान यात्राको समिक्षा एवं भावि रणनीति र कार्ययोजना बारेमासमेत छलफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।