काठमाडौं – सिद्धार्थ बैंकले दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंको टोखा नगरपालिका गणेशथान र ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा शाखा खोलेको हो।
बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले अत्याधुनिकप्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइलबैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधासमेत प्रदान गर्दै आएको छ। बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५५ एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४