शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिम सरकारका मन्त्री पनि नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा

सुदूरपश्चिम सरकारका मन्त्री पनि नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा

माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा पूर्व मन्त्री पनि समेटिएका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

धनगढी- माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा पूर्व मन्त्री पनि समेटिएका छन्।

पार्टीको केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट पनि समेटिएका हुन्।

तर, मन्त्री पूर्णा जोशीले नवगठित नेकपा एमाले (समाजवादी) को केन्द्रीय सदस्यका बिषयमा अनविज्ञता प्रकट गरेकी छन्। ‘हाम्रो सल्लाह हुदैछ’ उनले भनिन्, ‘म अहिले धनगढीमै छु यस बिषयमा धेरै बोल्दैन।’

केन्द्रीय समितिमा सुदूरपश्चिमका सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका हुन्। समितिमा सासंद बाहेक मदन कुमारी शाह (गरिमा), भानुभक्त जैशी र उर्वादत्त पन्त रहेका छन्।

सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसद तत्काल नेपाल समूहले खोलेको नयाँ पार्टीमा गएका छैनन्। 

विगतमा माधव समूहमै रहेका नेकपा एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट तथा देउवालाई विश्वासको मत दिएका लक्ष्मीकुमारी चौधरी, विना बुढाथोकीलगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन्। 

प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन्। जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए। डोटीका आले र डडेल्धुराकी जैरुबाहेक अछामका भीम रावल, कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीकै झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए।

तर, आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा नगएका हुन्। कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन्। समानुपातिकतर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन्। 

बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधवकुमार नेपालसहितका नेताहरूले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्।

प्रकाशित: Aug 19, 2021| 10:32 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।