शुक्रबार, जेठ २४, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन २९ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

विप्लवलाई वार्तामा बोलाऊ, बल नदेखाऊ

सिके राउतसँगको नाटकीय सहमतिपछि सरकारले फेरि अर्को भुल गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाउने राजनीतिक निर्णयले मुलुक तरंगित भएको छ।

सुरक्षा चुनौती बढेपछि काठमाडौंमा उच्च सतर्कता

केहीदिन यता उपत्यकालगायत देशका विभिन्न भूभागमा सुरक्षा चुनौती बढेपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। काठमाडौंका चोक चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। विप्लव समूहले ठाउँ ठाउँमा बम राख्दै जनजीवनलाई आतंकित गर्न थालेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडाैं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले नेपाल समयलाई बताए।

पूर्वराजा ज्ञानेन्द्र र सिके राउत जनकपुरमा

छुट्टै मधेश देश बनाउने पृथकतवादी आन्दोलन चलाउँदै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत अहिले जनकपुरमा छन्। सरकारसँग ११ बुँदै सम्झौता गरेका सिके २६ फागुनमा जनकपुर पुगेका हुन्।

कांग्रेसको माग : 'सिकेसँगको सम्झौता के हो व्याख्या गर'

नेपाली कांग्रेसले सिके राउतसँग गरिएको राजनीतिक सहमतिको साझा व्याख्या गर्न माग गरेको छ। गत शुक्रबार सरकार र सिकेबीच भएको ११ बुँदे सहमतिको बुँदा नम्बर २ मा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उक्त बुँदालाई सच्याउन वा दुई पक्षबाट साझा व्याख्या गर्न माग गरे। उनले भने  'सरकारसँग दुईवटा विकल्प छन्, पहिलो बुँदा नम्बर २ सच्याउनुपर्ने र अर्को उक्त बुँदाको साझा व्याख्या गर्नुपर्ने।'

देउवाले गरे सरकारको समर्थन, 'विप्लव' प्रतिबन्ध उचित 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्र विक्रम चन्द 'विप्लव' लाई सरकारले प्रतिबन्ध लगाएकोमा समर्थन जनाएका छन्। उनले आतङ्ककारी गतिविधिमा संलग्न विप्लवलाई प्रतिबन्ध लगाउनु उचित रहेको दाबी गरे।

विप्लवमाथिको प्रतिबन्धले बज्रपात पर्न सक्छ : देवेन्द्र पौडेल

 नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द ‘विप्लव’ माथि सरकारले हतारमा प्रतिबन्ध लगाएको भन्दै यसले सरकारमाथि नै बज्रपात पर्न सक्ने बताएका छन्। काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्ने बताए।

यसरी खुल्यो संसद अवरोध

तराई–मधेश तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने सहमति पछि संसदको अवरोध खुलेको छ।

राजपाको अवरोधपछि संसद बैठक स्थगित

राष्ट्रिय जनता पार्टीको अवरोधका कारण बुधबार बसेको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठक सुरु हुने वित्तिकै राजपाका सांसदहरुले विरोध जनाएपछि बैठक अघि बढ्न सकेन। 

काठमाडौंको कुलेश्वरमा आगलागी 

काठमाडौंको कुलेश्वरमा आगलागी भएको छ । विद्युतको पोलमा अकस्मात सल्किएको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगो घरतर्फ नफैलिए पनि जोखिम भने बढेको जनाइएको  छ। 

पूर्वराजा ज्ञानेन्द्र आजबाट मध्यतराईकाे भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार (आज)बाट मध्यतराईको भ्रमण शुरु गरेका छन् । उनले आफ्नो यात्रा धनुषाबाट सुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र आज जनकपुर पुग्ने र भोली सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ। 

हायात होटलको हेपाइले बस्ती नै उजाडिने जोखिम

पाँचतारे होटल हायात रिजेन्सी होटलको चरम लापरबाही र हेपाहा प्रवृत्तिले काठमाडौं महानगरपालिका–६ महांकालका एक हजार घरपरिवारको जीवन कष्टकर बनेको छ । होटलमा संकलित फोहोर जलाउन निर्माण गरिएको चिम्नीबाट निस्कने विषाक्त धुवाँका कारण केही स्थानीय बासिन्दाको मृत्यु भएको छ भने बौद्ध–६ का अधिकांश बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त भएकी छिन् । त्यस क्रममा उनले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गरिन । त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । 

विप्लवमाथि प्रतिबन्ध लगाएकोमा कांग्रेसको विरोध

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिवन्धको नेपाली कांग्रेसले विरोध जनाएको छ । विप्लवलाई विश्वासमा लिएर शान्तिपूर्ण वार्ता गर्ने र हिंसा त्याग्ने वातारण बनाउनु पर्नेमा सरकारले उल्टै विप्लवलाई हिसांत्मक बनाउने काम गरेको भन्दै विरोध गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग आफ्नै गोत्रबन्धुलाई विश्वासमा लिएर मूल राजनीतिमा ल्याउने क्षमताको अभाव देखिएको भन्दै टिप्पणी गरेका छन् ।

विवरण नपाएपछि लोकसेवाले माग्यो थोरै संख्यामा खरिदार

सरकारले रिक्त दरबन्दीको विवरण उपलब्ध नगराएपछि लोकसेवा आयोगले थोरै संख्यामा मात्रै खरिदारको माग गरेको छ । अधिकांश न्याय सेवा, केहि ब्यबस्थापिका संसद र लेखापरिक्षणका लागि मात्रै आयोगले आवेदन खुला गरेको हो । बुधबार गोरखापत्रमा सुचना निकाल्दै आयोगले पुरानै संरचनाअनुसार १४ अञ्चलका कार्यालयहरुबाट खरिदारको दरखास्त दिन मिल्ने गरि आवेदन खोलेको जनाएको छ । प्रत्येक अञ्चल कार्यालयबाट करिब २० देखि २५ को संख्यामा मात्रै न्याय सेवा, ब्यबस्थापिका संसद र लेखापरिक्षणका लागि आवेदन दिन माग गरेको छ । 

विप्लवका सबै गतिविधिमा सरकारको प्रतिबन्ध

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको पार्टीले गर्ने सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

जब मिथिलाको महाकुम्भमा खेलियो होली

नेपालको सबैभन्दा लामो दुरीको १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबार महोत्तरीको कञ्चनवन पुगेको छ। २२ फागुनमा जनकपुरबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा सीमावर्ती भारतको कलना, गिरिजास्थानका साथै महोत्तरीको मठिहानी, जलेश्वरलगायतका धार्मिक स्थल हुँदै महोत्तरीको कञ्चनवन पुगेको हो।

उत्पादन भएको सबै बिजुली सरकारले किन्ने

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जलविद्युत आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन्। निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने (टेक अर पे) को पीपीएको सीमा सकिएको सार्वजनिक भइरहेको वेला ऊर्जा मन्त्री पुनले विद्युत बिक्रीको बजार सरकारले खोज्ने भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका हुन्। 

मिस नेपाल पिसका लागि २६ प्रतियोगी छनौट

स्काइफल ‘मिस नेपाल पिस २०७५’का लागि २६ प्रतियोगी छानिएका छन् । नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुमा आयोजित छनौट चरणको अडिसनमा करिब ९ दर्जनले सहभागीता जनाएका थिए ।

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्समाथि सानदार जित निकालेको छ । शहिद रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो । सुरुवाती समयमा नै आक्रमक खेल प्रस्तुत गरेको भरातले खेलमा भएका पाँचवटा गोल पहिलो हाफमा सम्भव भएका थिए । त्यस्तै एक गोल मात्र दोस्रो हाफमा भइको थियो ।

टुङ्गिएला अमेरिका–चीन व्यापार तनाव ?

व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विवाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताएका छन्। तर, सम्झौताको मिति तोकिहाल्न भने अझै केही बिषयमा छलफल चलिरहेकाले हतार गरिहाल्न नहुने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।