शुक्रबार, जेठ ३, २०८२

टुङ्गिएला अमेरिका–चीन व्यापार तनाव ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वासिङटन - व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विवाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताएका छन्। तर, सम्झौताको मिति तोकिहाल्न भने अझै केही बिषयमा छलफल चलिरहेकाले हतार गरिहाल्न नहुने उनले बताए। 

'हामी आशावादी छौँ कि हामी सम्झौताका लागि अन्तिम सातातिर पुगेका छौँ,' अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटहाइजरले अमेरिकी सिनेटको आर्थिक समितिमा मङ्गलबार भने। उनले अझै केही प्रमुख विषयमा रहेको विवाद समाधान गर्न आवश्यक रहेको बताए। लाइटहाइजरले यदि सम्झौताले गरेका व्यवस्थालाई उल्लङ्घन गरेको पाइए अमेरिकाले कर वृद्धिलाई पुनः सक्रिय बनाउन पाउने दवावमूलक व्यवस्थाको प्रत्याभुत गर्नुपर्ने बताए। यसप्रति चिनियाँ अधिकारीहरूले अझै आशङ्का राख्दा उक्त बुँदामा सहमति बन्न नसकेको उनले बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार यदि सम्झौता वृहत सहमतिका लागि नहुने हो भने यस्तो सहमति अमेरिकाले नचाहेको र हस्ताक्षर गर्न सम्भवसमेत नहुने बताएका थिए। लाइटहाजरले सहमतिको समय तालिका राष्ट्रपति ट्रम्प र चीनको हातमा रहेको बताए। 'मलाई थाहा छैन सम्झौता कहिले हुन्छ। समय तालिका राष्ट्रपति ट्रम्प र चीनको हातमा रहेको छ,' उनले भने। 

चीनसँगको व्यापार विवादमा अमेरिका सम्झौता नजिक पुग्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति ट्रम्पले गत शुक्रबार बताएका थिए। यसको अर्थ अमेरिकी प्रशासनले गत वर्ष चिनियाँ सामान आयातमा लगाएको दुई खर्ब ५० अर्ब अमेरिकी डलर मुल्य बराबरको करवृद्धि हट्नेछ। चिनियाँ सामानमा कर वृद्धि गरी आफ्नो उत्पादनलाई प्रोत्साहन गर्ने अमेरिकी निर्णयलाई संरक्षणवादी व्यापार नीति भन्दै बदलामा अमेरिकाबाट चीन आयात हुने एक खर्ब दश अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादनमा चीनले पनि कर वृद्धि गरी ‘जस्तालाई तस्तै’ भन्ने जवाफ दिएको थियो। 

चीन तथा अमेरिकाको विवादका कारण उनीहरूको सामान प्रयोग गर्दै आएका अन्य विश्व समुदाय पनि प्रभावित बनेको साथै विवादले कसैलाई पनि फाइदा नगर्ने मनोविज्ञानका साथ चीन र अमेरिकाबीच वार्ता सुरु भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच सन् २०१८ को डिसेम्बर १ मा अर्जेन्टिनाको राजधानी व्युनर्सआयर्समा भएको विकशित तथा उदाउँदो अर्थतन्त्र भएका १९ राष्ट्र र यूरोपियन युनियन सहभागी शिखर सम्मेलनको सन्दर्भमा व्यापार विवादलाई सुल्झाउने सहमति भएको थियो। सोही अनुरुप ट्रम्पले चीनको सामान आयातमा थप कर वृद्धि गर्ने निर्णयलाई ९० दिनका लागि अर्थात् मार्च १ गते सम्मका लागि स्थगित गर्न सहमत भएका छन्। ९० दिनको बीचमा चीन अमेरिका व्यापार वार्ता निकै सकारात्मक मोडमा पुगेको भन्दै थप केही समयका लागि कर वृद्धिको घोषणा रोकिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।