शुक्रबार, जेठ ३, २०८२

भारतको लोकसभाले सर्यो बुध्द एयरको कोलकोता उडान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ। यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने सार्वजनिक गरेको थियो। सोही समय  भारतमा लोकसभा निर्वाचन हुने भएकोले उडान भर्ने समय सार्न परेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कोलकोता उडान ‘एटिआर ७२–५००’ जहाजले साताको नियमित ३ उडान भर्नेछ। निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिका भने परिवर्तन नभएको जनाएको छ। जसअनुसार उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ।

लोकसभा निर्वाचन भारतमा अप्रिल ११ देखि मे १९ को अबधिमा सात चरणमा हुने जनाइएको छ। भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालनमा ल्याउने भएको छ। त्यसका लागि भारतमा डिजीटलका साथै अन्य विभिन्न माध्यमबाट प्रचार प्रसार गरिरहेको कम्पनीले जानकारी गराएको छ। यात्रुहरुले जसअन्तर्गत कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्