काठमाडौं- ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला गर्ने भएको छ । आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने गरि आवेदन खोल्न लागिएको ईपीएसले जनाएको छ ।
सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
शाखाले सूचना निकालेर परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि जनाएको छ । काठमाडौं र पोखरामा परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले २४ डलर तिरेर परिक्षा फारम भर्न सक्ने ईपीएस शाखाले जनाएको छ । कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार लैजाने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४