शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सीके राउत मुलधारको राजनीतिमा आउनु सकारात्मक : विमलेन्द्र

सीके राउत मुलधारको राजनीतिमा आउनु सकारात्मक : विमलेन्द्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मुलधारको राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

जनकपुरमा रहेका उपसभापति निधिले नेपाल समयसँग कुरा गर्दै भने,‘राउतले यदि छुट्टै देश बनाउने र विखण्डनको विचार तथा अभियान त्यागेको हो भने सकारात्मक र स्वागतयोग्य कदम हुनेछ।’ नेपालको अखण्डता र अहिंसात्मक गतिविधि गर्ने प्रतिवद्धता जनाइएको छ भने यसलाई सकारात्मक कदम मात्रु पर्दछ उनले बताए।

यसअघि नेपाल महिला संघ धनुषाले मअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा नधिले आफ्नै पार्टीको सभापतिको आलोचना नगर्न नेताहरुलाई आग्रह गरेका छन्। निधिले कम्युनिस्ट सरकारको कमिकमजोरीको आलोचना गर्नुपर्ने बेला आफ्नै नेताको आलोचना गर्नु दुःखद रहेको बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला लगायतका नेताहरुबाट निरन्तर भइरहेको आलोचनातर्फ इंगित गर्दै उपसभापति निधिले भने,‘अहिले सभापति र नेताहरुको आलोचना गर्ने बेला होइन्। सक्नुहुन्छ भने सरकारको गलत क्रियाकलापको आलोचना गर्नुस।’

‘आलोचना गर्न हामीले पनि जानेका छौं,’ निधिले भने,‘तँपाईले आलोचना गरेर हामीलाई पनि आलोचनाको बाटो खोलि रहनु भएको छ। केहि असन्तुष्टि छ भने पार्टीभित्र बसेर छलफल गरौं।’ एक अर्काप्रति इष्र्या र डाह गरेर पार्टी कमजोर हुने उनको भनाइ थियो।

उपसभापति निधिले निधिले बलात्कार, हत्याजस्ता घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाए। विभित्र आपराधिक घटनाका दोषीहरुलाई कानुनी कठघारामा ल्याउन नसकेको सरकार सरकार अन्य काममा लागेको निधिको भनाइ थियो।

महिला संघ धनुषाकी सभापति तुलसा आचार्यको सभापतित्वमा सम्पत्र कार्यक्रममा कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ का सांसद शिवचन्द्र चौधरी, सरस्वती चौधरीलगायतका नेताहरुले बोलेर भन्दापनि महिला अधिकारको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।