शुक्रबार, जेठ ३, २०८२

महतोको आक्रोश: प्रचण्ड र ओलीलाई किन जन्मकैद नदिने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई गरेको समर्थन फिर्ता लिएको छ। टीकापुर घटनाका अभियुक्त एवम् राजपाका सांसद रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फसला गरेपछि राजपाले यस्तो निर्णय लिएको हो।

केपी ओली नेतृत्वको सरकारले आफूहरुलाई धोका दिएकोसमेत राजपाको निष्कर्ष छ । बैठकले सरकार एक वर्षमा पूर्णरुपमा असफल भएको पनि ठहर गरेको छ। राजपाको बुधबारको बैठकले सरकारसमक्ष राखेका माग पूरा नभएको र एक वर्षको कार्यकालमा कुनै महत्त्वपूर्ण काम गर्न नसकेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

दुई तिहाइ बहुमत हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरू रिहाइ नगरेको, झूटा मुद्दा फिर्ता नलिएको, घाइतेको उपचार नगराएको, बेरोजगारी समस्या समाधान नगरेको लगायतका आरोप राजपाले लगाएको छ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले जनताले निर्वाचित गरेको  प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने फैसला मान्य नहुने बताए । फैसलाविरुद्ध राजनीतिक विद्रोह गर्ने चेतावनी उनले दिएका छन् । महतोले रेशमलाई जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीहरुलाई किन जन्मकैदको सजाय दिन सक्दैन भनी आक्रोश व्यक्त गरे।

महँगी नियन्त्रण नगरेको, असिना एवं बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्त हत्यामा संलग्नलाई पक्राउ र कारबाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अवलम्बन नगरेको आरोप पनि राजपाको छ । राज्यका हरेक अंगमा दलीय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर पार्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासनयन्त्रलाई पार्टीमुखी बनाइराख्ने खालको गतिविधिमा सरकार लागेको राजपाको निष्कर्ष छ ।

राजपाले रेशमलाल चौधरीका विषयमा पीडित पुरावेदनका लागि जाने र राजपाले आन्दोलनको तयारी थाल्ने पनि निर्णय गरेको छ। आवश्यक परेको खण्डमा देशैभर आन्दोलन चर्काउने राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए। जिल्लाका कार्यकर्ता, स्थानीय तहका कार्यकता र बिभिन्न व्यक्तिहरुसँग छलफल गरेर चरणवद्धरुपमा आन्दोलनको घोषणा गर्ने पार्टीले निर्णय गरेको उनले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।