शुक्रबार, जेठ ३, २०८२

निर्दयी असिना- जसले सखाप बनायो किसानको सपना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वर्षै र भरी मिहेनत गर्छौ बगाउँछौँ पसिना ।                                          
भित्र्याउने बेला के गर्नु हजुर लैजान्छ असिना ।।                                                

अछामको रामारोशन गाउपालिका-५ का काली बहादुर बुढाले फेसबुक लेखेको यो दुई लाईन गीतले किसानको पीडा झल्काउँछ । बर्ष भरी मिहेनत गरेर बाली भित्रयाउने बेला असिनाले सखाप बनाइदिने गरेको छ । जसले किसानका सपनाहरु सखाप बनाउने गरेको छ । 

यो एक दुईबर्षको मात्र हैन हरेक वर्ष दोहोरिरहने पीडा हो । पसाउँन लागेको गहुँबाली, पाक्नै तालेख तोरी अनि तरकारी बाली असिनाले चुटे पछि सुदूरपश्चिमका किसान दुखि बनेका छन् । यो बर्ष अछाममा मात्रै हैन सुदूरपश्चिमका प्राय सबै पहाडी जिल्ला तथा तराईका कैलाली र कंचनपुरका केही भूभागमा पटक पटक अनिसा परेको छ । 

माघ र फागुन दुई महिनामा पटक पटक परेको असिनाले अन्नबाली चुटेर सखापै पारेको कालीबहादुरले बताए । पछिल्लो पटक मंगलबार परेको असिनाले अन्नबाली, तरकारी बाली र फलफुलमा बढी क्षति पर्याएको उनले जानकारी दिए । अछामकै मेल्लेख गाउँपालिका–१ ऋषीदहका किसान अम्रिता धामीले पसाउँन लागेको गहुँ र तोरी असिनाले चुटेर सखाप पारेको सुनाईन् । 

बाली राम्रोसंग नउम्रिदै बदेलले खान थाल्ने समस्या त छदैछ त्यसैमा बाँकि रहेको पनि असिनाले चुटेर लिने गरेको उनले बताईन् । किसानले एक त भनेको बेला बीउ मल पाउदैनन् भने सिचाईको समस्या पनि त्यति नै हुन्छ । 

यति समस्याका बाबजुत पनि मुस्किलले जोगाएको बाली पाक्नै लाग्दा असिनाले लग्दा खेती लगाउनु भन्दा नलगाउनै बेस रहेको किसान बालिका रोकाया बताउछन् । प्राकृतिक बिपती, बीउ मल सिचाईको अभाव तथा जंगली जनावर बदेलको बिगबिगिले गर्दा पहाडी भूभागमा जमिन बाझै रहने क्रम बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।