एजेन्सी- साविकको विजेता स्पेनिस ला लिगा टोली रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा अजाक्सले सनसनीपुर्ण नतिजा निकाले पछि रियल च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
अजाक्सलाई क्वाटरफइनल पुर्याउनका लागि हाकिम जियच, डेविड नेरेस, दुसन टाडिस र लास सोनले एक एक गाल गरे । रियलका लागि मार्को एसेन्सियोले एक गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा हाकिम जियचले गोल गर्दै सुरुवाती अग्रता दिलाए । १८ औ मिनेटमा डेविड नेरेसले गोल गर्दै घरेलु टोलीस्लाई २-० गोल अन्तरले पछि पारे । ६२ औ मिनेटमा दुसन टाडिसले गोल गर्दै अग्रता तेब्बर पारे ।
तर, ७० औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै खेलमा फर्किने संकेत दिएका थिए । त्यसको दुई मिनेट नबित्दै अजाक्सका मिडफिल्डर लास सोनले गोल गर्दै टोलीलाई ४-१ ले जित दिलाए ।
पहिलो लेगमा २-१ ले पराजित भएको अजाक्सले दोस्रो लेगमा ४-१ को जित सहित समग्रहमा ५-३ को जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४