शुक्रबार, जेठ ३, २०८२

नागरिकता विधेयकबारे विवेकशील साझाको ध्यानाकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – हाल संसदमा विचाराधीन रहेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’का प्रावधानप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सदस्यहरुबिच नै मतभेद रहेको र नागरिक समाजका सदस्यहरूबिच पनि विविध चिन्ता र चासो देखिएको अवस्थामा विधेयक संशोधनमा सरकार गम्भीर बन्नु विवेकशील साझाले जनाएको छ।

कसैको दबाव र राजनीतिक स्वार्थले भन्दा पनि राष्ट्र हितलाई मध्यनजर गर्दै नागरिकता विधेयक संशोधन गर्नुपर्ने बताएको छ।

‘शक्तिका रुपमा उदीयमान ठूलो जनसंख्या भएका दुई छिमेकीको बिचमा अवस्थित नेपालका लागि नागरिकताको विषय राष्ट्रिय सुरक्षाका हिसाबलेसमेत संवेदनशील र महत्वपूर्ण रहेको छ’, विवेकशील साझाले भनेको छ, ‘तर, नागरिकता सम्बन्धि कानुनी व्यवस्था र प्रशासनिक कार्यविधिले कुनै पनि क्षेत्र, समुदाय र लिंगका नेपाली नागरिकले सहजै नागरिकता हासिल गर्न सक्ने अवस्था सुनिश्चित गर्नु पर्दछ।’

दिर्घकालीन राष्ट्र हितलाई केन्द्रमा राखी सम्बोधन गरिनु पर्ने नागरिकता जस्तो सम्वेदनशील विषयलाई विगतमा पटक-पटक भद्दा राजनीतिकरणको बिषय बनाइएको भन्दै विवकेशील साझाले आपत्ति जनाएको छ।

असली नेपाली नागरिक नागरिकता पाउनबाट बञ्चित हुने र लाखौंको संख्यामा झुठो बिवरणका आधारमा गैरकानुनी तवरले विदेशीलाई नागरिकता बाडेका खबर सार्वजनिक हुने गरेको अवस्था चिन्ताजनक रहेको पार्टीले जनाएको छ। झुठो बिवरणका आधारमा विदेशीलाई नागरिकता बाडिएका घटनाप्रति पटक–पटक अदालतलेसमेत सरकारका नाममा आदेश दिनु पर्ने अवस्था सिर्जना हुनु देशको हित विवपरित काम भइरहेको प्रष्ट भएको जनाइएको छ।

यसका साथै संसदमा विचाराधीन रहेको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेखित ‘नेपालको नागरिकता प्राप्त गर्न योग्यता पुगेको व्यक्तिले समेत राष्ट्रिय परिचयपत्र पाउने’ भन्ने प्रावधानले नगारिकता वितरणमा जटीलता निम्त्याउने जोखिम देखिएको पार्टीको ठहर छ। ‘नागरिकता प्रमाणपत्र भन्दा छुट्टै प्रकृतिको राष्ट्रिय परिचय पत्रलाई नागरिकता दिने आधार बनाईनु हुँदैन’, विवेकशील साझाले भनेको छ, ‘बरु नागरिकताको आधारमा राष्ट्रिय परिचय पत्र दिनु उपयुक्त देखिन्छ।’

नागरिकतालाई लिएर हाल चर्चामा रहेका मुद्दाको आम जनताको भावना र राष्ट्रिय हितलाई केन्द्रमा राखी एकमुष्ठ समाधान निकाल्न जरुरी रहेको पार्टीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।