शुक्रबार, जेठ ३, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन २० गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य – देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। 

महादेव नेपालका ज्वाईं : नेता निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको नगराईन नगरपालिका–६ लगमामा नवनिर्मित महादेव मन्दिरको उद्घाटन गरेका छन्। 

शंकराचार्यद्वारमा पञ्चमुखी शिवलिङ्ग स्थापना

नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरिएको छ। वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्वारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्वारमा शिवलिङ्गको स्थापना गरिएको हो।

ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ। 

नोबेल शान्ति पुरस्कारका लागि इमरानले आफूलाई किन अयोग्य बताए?

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार पाउनका लागि आफू योग्य नरहेको बताएका छन्।

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। 

वैशाखदेखि रेल गुडाउने तयारी

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म आगामी वैशाख महिनाबाट रेल सञ्चालन गर्ने तयारी गरिएको छ। गत विवाहपञ्चमीबाटै रेल चल्ने बताइएपनि इन्जिनसहित आवश्यक पूर्वाधार उपलब्ध हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। 

नेपाल प्रहरीका ८२ डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ८२ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। 

शिवरात्रिमा पाशुपत क्षेत्र (फोटो फिचर)

महाशिवरात्रिका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो।

२१५ सहसचिवको पदस्थापना (सूचीसहित)

सरकारले प्रशासन सेवाका सहसचिवको पदस्थापन गरेको छ।

टुँडिखेलमा सैनिक दिवसको रौनक (फोटो फिचर)

राजधानीको टुँडिखेलमा सोमबार सेना दिवस मनाइएको छ। सो वसरमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गरेका थिए। साथै परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका साहसिक र रोचक कार्यक्रम गरिएको थियो। 

जर्मनीका नेपालीले गरे असहायलाई सहयोग

 जर्मनीमा बसोबास गर्दै आएका गैरआवसीय नेपालीहरूले करेन्ट लागेर हातखुट्टा गुमाएका दुई व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्। फ्रांकफ्रुटमा व्यवसाय सञ्चालन गर्दै आएकी निशा दाहालको पहलमा हरिकाजी ढुंगाना र मेघा घिमिरेलाई आर्थिक सहयोग गरिएको हो।

काठमाडौंमा डिजिटल सवारी : यात्रुले पैसा बाक्नै नपर्ने

यात्रुहरु फराकिलो र आरामदायी सिटमा बसेर गन्तव्यम्म पुग्छन्। बसमा बस्दा उनीहरु किताब पढ्न सक्छन्। ‘फ्रि वाइफाई’ सुविधा भएकाले उनीहरु निर्धक्कसँग इण्टरनेट चलाउँदै यात्रा गर्छन्। नयाँ यात्रुलाई कहाँ पुगियो वा अबको गन्तव्य कहाँ भनेर सोध्नु पर्दैन, बसमा कुनै ठाउँमा पुगेपछि आफैँ जानकारी दिने विद्युतीय प्रणाली छ।

नेपालमा चिनियाँ रेल ल्याए वैदेशिक ऋण दोब्बर हुन्छ

नेपालले चीनबाट रेल ल्याएमा वैदेशिक ऋण बढ्ने बताएका छन्। काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा पूर्वाधारका जानकार विश्व पौडेलले रेल ल्याएमा अहिलेको वैदेशिक ऋण दोब्बर हुने बताएका छन्। हाल नेपालको वैदेशिक ऋण तीन अर्ब रहेको बताउँदै पौडेलले भने, ‘तीन अर्बको चिनियाँ रेल ल्याउँदा थप तीन अर्ब वैदेशिक ऋण थपिनेछ।’

रानीपोखरीको पुनर्निर्माण सुरु, मल्लकालीन शैलीमा बन्ने

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । 

हिउँसँगै मुस्कुराएको धर्तीको स्वर्ग (फोटोफिचर)

केही दिन यता मौसममा देखिएको बद्लावसँगै परेको हिउँले धर्तीको स्वर्गका नामले परिचित सुदूरपश्चिमको खप्तडको सेताम्य भएको छ । बाक्लो हिउँका कारण निकै मनमोहक देखिएको खप्तडमा पर्यटकको पनि घुइचो लागको छ । 

आज सेना दिवस, प्रधानमन्त्रीले दिए यस्तो सन्देश

नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज सेना दिवस मनाउँदै छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने देशैभर विविध कार्यक्रमको आयोजना गरेर नेपाली सेनाले दिवस मनाउँदै छ ।

रङ्गशाला बनाउन धुर्मुस-सुन्तलीले कति पैसा उठाए ?

रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले आइतबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिएका हुन् । 

आज महाशिवरात्रि, यस्तो छ महिमा

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । 

यस्तो छ पशुपतिमा दर्शनको बन्दोबस्त, भक्तजनको घुइँचो

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । 

भक्तपुरमा भीषण आगलागी, छ करोडको क्षति

मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।