शुक्रबार, जेठ ३, २०८२

‘जनताप्रति समर्पित उच्च नेता अधिकारी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मुलुकको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री बनेर जनप्रिय र कल्याणकारी कार्यक्रममार्फत जनताको मनमा बस्न सफल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवङ्गत नेता भरतमोहन अधिकारीको योगदानलाई कहिल्यै भुल्न नसकिने उनका शुभेच्छुकले बताएका छन्। 

उनीहरुले ‘नौ स’ को नाम दिएर नेपाली मौलिकतामा विकासको कार्यक्रम अगाडि बढाएर सडक, साना सिँचाइ, स्वच्छ खानेपानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालीम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युत्को विकासबाट देशको विकासका अहोरात्र खटिनुभएका अधिकारी एक सच्चा र कर्तव्यनिष्ट नेताको रुपमा स्मरण गरेका हुन्। 

उनलाई मुलतः जनताप्रति उत्तरदायी, जनताको मन छुने कार्यक्रम ल्याएर समाज विकासमा महत्वपूर्ण योगदान दिने कम्युनिष्ट नेताको संज्ञा दिँदै एक शुभेच्छुक गोविन्द गजुरेलले सादा जीवन र उद्धात्त विचार राख्ने सादगी नेताबाट अहिलेको पुस्ताले धेरै कुरा सिक्नु जरुरी रहेको उल्लेख गरे। 

अब आउने नेताले उनको गुण सिक्नुपर्नेमा जोड दिँदै तारा ढकालले देश र जनताको सेवामा लागिरहने नेताको रुपमा स्मरण गरे। २०१९ सालमा कम्यूनिष्ट पार्टी विभाजन हुँदा नेपाल कम्यूनिष्ट पार्टी पूर्वकोशी प्रान्तिय कमिटी गठन गरी अधिकारी महासचिव भएर काम गरेको स्मरण गर्दै उनका सहकर्मी नन्दकुमार भट्टराईले नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता भएको बताए। 

भट्टराईका अनुसार अधिकारी विद्यार्थी आन्दोलनदेखि नै कम्यूनिष्ट एक ठाउँमा बस्नुपर्छ भन्ने विचार राख्थे। टुटफुटका बाबाजुद पनि कम्युनिष्टको एकतामा जोड दिने नेता भएको बताउँदै भट्टराईले अर्थमन्त्री हुँदा उहाँले पेश गरेको बजेट कहिल्यै भुल्न नसकिने उल्लेख गरे। 

अर्का शुभेच्छुक ईन्द्रकुमार श्रेष्ठ कुनै पनि दोषबाट मुक्त कम्युनिष्ट नेताको रुपमा सम्झँदै उहाँको निधनले देशलाई नै क्षति पुगेको बताए। प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलनका योद्धा अधिकारीको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने अभियान र वृद्धभत्ता अहिलेपनि लोकप्रिय छ। 

आइतबार उनको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि पुगेका शुभेच्छुकले सामाजिक सुरक्षा भत्ताका सर्जन, जनताको मन छुने विकासका अभियन्ताका रुपमा नेता अधिकारीलाई चिनेको भन्दै स्मरण गरेका थिए। शनिबार राति उपचारका क्रममा निधन हुनुभएका नेता अधिकारीको आज पशुपति आर्यघटमा अन्त्येष्टि गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।