शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कहिलेसम्म धुम्मिन्छ मौसम ? यस्तो छ तीन दिनकाे मौसमी विवरण 

कहिलेसम्म धुम्मिन्छ मौसम ? यस्तो छ तीन दिनकाे मौसमी विवरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आइतबार पनि देशभरको मौसम प्रभावित भएको छ । शनिबार रातिदेखि सक्रिय पश्चिमी वायुका कारण केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । 

आज देशभरीकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुनेछ । 

सोमबार पनि मौसम नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार मध्यान्हपछि देशका विभिन्न ठाउँमा आशिंक बदलि भइ वर्षा हुने मौसमविद् प्रधानाङ्गले जनाकारी दिए । उपत्यकामा पनि हल्का वर्षा हुने उनले बताए ।  वर्षासँगै उपत्यकालगायत देशभर बढेको चिसो अझै केहि दिन कायमै रहने जनाइएको छ । 

यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको महाशाखाले जनाएको छ । मंगलबारबाट भने मौसममा सुधार आउने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार-

फाल्गुन १९ गते (आइतवार):-

दिउँसो: देशभर मौसम सामान्य बदलि रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन सहितको हल्का बर्षाको सम्भावना छ। देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति: देशको पुर्वी भु-भाग लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंसिक देखि सामान्य बदली रहने र बाँकी भु-भागमा आंसिक बदलि रहनेछ । देशका उच्च पहाडी र हिमाली भु-भागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २० गते (सोमवार):-

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ, बाँकी भु-भागमा आंसिक बदली रहनेछ । अपरान्ह पश्चात देशको पश्चिमी भु-भागका केहि स्थानमा साथै मध्य र पुर्वका पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ, बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

फाल्गुन २१ गते (मंगलवार):-

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ, बाँकी भु-भागमा आंसिक बदली रहनेछ । अपरान्ह पश्चात देशको पुर्वी पहाडी भु-भागका केही स्थानमा र मध्य तथा पश्चिमी पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ, बाँकी भु-भागमा मौसम सफा रहनेछ ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।