शुक्रबार, जेठ ३, २०८२

टिप्परले किचेर ६ वर्षिया बालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका– १ सुख्खडमा टिप्परको ठक्करबाट छ वर्षीय बालकको ज्यान गएको छ। 

जगत बस्नेतका ६ बर्षीय छोरा सुबमको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। पूर्वबाट पश्चिम तर्फ आइरहेको मे १ क ३२८ नम्वरको टिप्परले बालकलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो। टिप्परको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका– ३ दैजीका ४३ वर्षीय हिरासिह धानुक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बिरोधमा पीडित परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तरगत सुख्खडमा चक्काजाम गरेका छन्। चक्काजामका कारणले यातायात रोकिदा यात्रु मारमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।