शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्यटनमन्‍‍त्री रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटना (पछिल्लो अपडेट)

पर्यटनमन्‍‍त्री रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटना (पछिल्लो अपडेट)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। साढे एक बजेतिर ताप्लेजुङको दारेडाँडा नजिकै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो। 

गृहसचिव प्रेमकुमार राईले हेलिकोप्टर दुर्घटना परेको पुष्टि गरेका छन्।  कल साइन एएमआई (अल्फा माइक इन्डिया) को हेलिकोप्टर दुर्घटनामा परेको जानकारी गृहसचिव राईले राज्य व्यवस्था समितिको बैठकमा दिएका छन्। 

हेलिकोप्टरमा छ जना रहेको बताइएको छ। ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली घटनास्थलतर्फ गइसकेको छ। दुर्घटनास्थलमा हिउँ परिरहेकोले उद्धार गर्न कठिनाइ भएको स्थानीयले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।