शुक्रबार, जेठ ३, २०८२

आजबाट सरकारी अस्पताल ठप्प, सहमति नभएसम्म नखुल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- समायोजन प्रक्रियामा असहमति जनाउँदै सरकारी चिकित्सकहरूले अनिश्चितकालसम्मका लागि देशभरका अस्पताल ठप्प पारेका छन् । 

सरकारले अपमानित गरिकाले समायोजन गर्न खोजेको भन्दै उनीहरुले बुधबार (आज)बाट आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन् । समायोजनका विषयमा आफूहरूको असन्तुष्टि सम्बोधनका लागि पटकपटक आग्रह गरे पनि माग सम्बोधन नभएपछि सेवा बहिष्कार गर्न बाध्य भएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।  

चिकित्सकहरुले सरकारलाई माग सम्बोधनका लागि आइतबार ७२ घण्टे अल्टिमेटम दिएका थिए । यो अबधीमा सरकारले माग सुनुवाईका लागि चासो नदेखाएपछि सेवा बहिष्कार गरीएको चिकित्सकहरुले जनाएका छन् ।

उनीहरुले सरकारले माग सम्बोधन नगरेसम्म काममा नफर्किने र अस्पतालको आकस्मिक बाहेकका सेवा चल्न नदिने बताएका छन् । आफूहरुको माग सम्बोधन नगरे अझै प्रकृतिको आन्दोलन गर्न बाध्य हुने गोदानका अध्यक्ष डा पाण्डेले चेतावनी दिए । 

सरकारले चिकित्सकहरुलाई निजामति कर्मचारीलाई जस्तै व्यवहार गरेको भन्दै जिन्दगी अस्पतालमा सडाउने षडयन्त्र गरेको गोदानको आरोप छ । दुई दुई वर्षमा अस्पताल फेर्न पाउनु पर्ने चिकित्सकहरुको अधिकार सरकारले खोजेको उनीहरुको भनाइ छ । 

सरकारी चिकित्सक संघ नेपाल गोदानले सरकारले आफ्नो कदम नसच्याए सामुहिक राजीनामासम्मको तयारी गरिएको जनाएको छ । अध्यक्ष पाण्डेका अनुसार राजीनामाका लागि ६ सय चिकित्सकको हस्ताक्षर संकलन गरिसकिएको छ। देशभर जम्मा १४ सय सरकारी चिकित्सक छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।