सोमबार, जेठ १३, २०८२

देउवा नै महाधिवेशन हुन नदिने षड्यन्त्रमा : कोइराला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न महाधिवेशन समयमै नगर्न सभापति शेरबहादुर देउवा नै सक्रिय भएको बताएका छन्।  १४ औं महाधिवेशनलाई समयमा हुन नदिने  अढाई वर्ष लम्ब्याएर सभापति भइरहने सभापति शेरबहादुर देउवा लागेको डाक्टर कोइरालाले आरोप लगाएका छन्। कोइरालालाई आगामी नेतृत्वको बलियो  प्रत्याशिको रुपमा हेरिएको छ।

सोमबार दिउँसो विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ। तर, सभापति देउवा भने दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ।’ नेपाली कांग्रेस पार्टी कोइरालाहरुको मात्रै नभएको बरु सबैको योगदान र गगत बगाइले बनेको बताउँदै डाक्टर कोइरालाले भने, ‘कांग्रेस कमजोर भएको छ।’

वहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफू काठमाडांैमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताउँदै कोइरालाले तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा  आपत्ति प्रकट गरे।  कोइरालाले संरक्षित कोटामा एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनु पर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए। महासमितिले दिएको ‘म्यान्डेड’ भन्दा अलग प्रस्ताव स्वीकार्य नहुने उनले बताए।

देउवाको जस्तै सरकारको आलोचना गरेका कोइरालाले सरकारका कामहरु जनविरोधि देखिएको बताए। भ्रष्टाचार बढेको, मिडिया नियन्त्रण गर्न खोजेको, नेपाली सेनाको बद्नाम गरेको र वाइड बडि प्रकरणमा मुछिएको भन्दै कोइरालाले सरकारको आलोचना गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।