शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकबीचको वार्ता निष्कर्षविहीन

स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकबीचको वार्ता निष्कर्षविहीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – कर्मचारी समायोजन विधेकविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन भएको छ।  ७२ घण्टाभित्र माग पूरा नभएर सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने र त्यति गर्दा पनि आफूहरुका माग सुनुवाई नभए सामूहिक राजीनामा दिने घोषणा गोदानले गरेको छ।

आइतबार मात्रै ७२ घण्टाभित्र माग पूरा नभए सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका सरकारी चिकित्सकहरुलाई सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि बोलाएको थियो। 

वार्ताका लागि मन्त्रालयका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे थिए। सरकारी चिकित्सकका तर्फबाट भने नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेल लगायत थिए।

वार्तामा सहभागी सरकारी चिकित्सकहरुले मन्त्रालयको टोली सरकारी चिकित्सकका मागका विषयमा गम्भीर नभेटिएकाले वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको बताएका छन्। आफूहरुका माग पुरा नभए आन्दोलन जारी रहने चिकित्सकहरुले बताएका छन्। 

सरकारी चिकित्सकले बुधबारदेखि आकस्मिकबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।