सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ विगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ। लेकबेशी नगरपालिका–८ लामिडाँडामा अवैध रुपमा लगाइएको अफिम खेती (लागुऔषध) नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिपबहादुर क्षेत्रीका अनुसार नष्ट गरिएको अफिम करिव १ लाख मूल्य बराबरको छ। तर, अफिम खेती गर्ने व्यक्ति भने प्रक्राउ पर्न सकेका छैन। अफिम महँगो मूल्यमा बिक्री हुने हुँदा जोखिम मोलेर खेती गर्ने गरेको प्रहरी बताउँछ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको १८ र इलाका प्रहरी कार्यालयबाट ६ जना गरी जम्मा २४ प्रहरी परिचालन गरी ६ विगाह जग्गामा गरिएको अफिम खेती नष्ट गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४